हिरासतमा रवि सुतेको फोटो सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेको तस्बिर सार्वजनिक भएको पछि छानबिन गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले बिहीबार प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरलाई छानबिन गर्न निर्देशन दिएका हुन्। कास्की हिरासतमा सुतिरहेका लामिछानेको तस्बिर सामाजिक सञ्जालमा सार्वजसिनक भएको थियो।

हिरासतमा सुतिरहेको रवि लामिछानेको तस्बिर अभियान्ता निकोलस भुसालले खिचेर सार्वजनिक गरेको स्वीकार गरेका छन्।