काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रूपैयाँले घटेको हो ।
मङ्गलबार तोलामा १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार ७ सय रूपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुासर चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।






























