काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजस्व चुहावट र तस्करी नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
भारतीय सीमासँग जोडिएका लुम्बिनीका तराईका जिल्लाहरूमा व्यापक राजस्व चुहावट र तस्करी भइरहेको सूचना पाएको भन्दै गृहमन्त्री लेखकले त्यसतर्फ गम्भीर भएर लाग्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।
गृह मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशले मंगलबार भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले सिमानामा भइरहेका अपराध, तस्करी, राजस्व चुहावट तुरून्त नियन्त्रण गर्न निर्देशन दिए।
राजस्व असुली र तस्करी नियन्त्रण गर्न परिणाम मुखि नतिजा निकाल्न निर्देशन दिँदै उनले तस्करी नियन्त्रण गर्न नसके सोहि अनुसार मुल्यांकन गरी दण्डित गरिने बताए।






























