काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज ९मंगलबार० कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
पूर्वमन्त्री समेत रहेका लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने भन्दै फेरी म्याद थप्ने तयारी गरिएको हो
सहकारीको रकम हिनामिना गरेको आरोपको अनुसन्धान प्रतिवेदन बुझाइसकेको कास्की प्रहरीले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित सोही मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक राम बहादुर खनाल, जीबी राईका सहयोगी लीला पछाईंलाई अदालतमा उपस्थित गराएको छ ।






























