Hotel Panchthar Nepco Media

‘गजनी’ फिल्मका खलनायक नेपालमा

काठमाडौं । भारतीय अभिनेता प्रदीप रावत र दक्षिण भारतीय अभिनेतृ कल्याणी चलचित्र ‘ह्रस्व दीर्घ’ को प्रवर्धनका लागि आइतबार नेपाल आइगुगेका छन् छ ।

सफल भारतीय चलचित्र ‘गजनी’ का मुख्यपात्र तथा खलनायक प्रदीपले काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको चलचित्रका निर्देशक चन्द्र पन्तले जानकारी दिए ।

चलचित्रमा उहाँ अभिनेतृ नीता ढुङ्गानाको पिताको भूमिकामा देखिनुभएको छ । साथै प्रदीपलाई देवधामको आदर्श पात्रका रूपमा चित्रित गरिएको छ ।

प्रदीपले हिन्दी, तमिल, तेलुगु, मलायलम, कन्नड, बङ्गाली, भोजपुरीलगायत विभिन्न भाषाका फिल्ममा काम गरेका छन् । उनलाई दर्शकमाझ चिनाएको चलचित्र भने ‘गजनी’ हो । यसमा उहाँ नकारात्मक भूमिकामा देखिएका छन् ।