काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धी आज सार्वजनिक गर्ने भएका छन् ।
आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धी उनले सार्वजनिक गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले एकसय दिनमा सरकारले गरेका कमहरुको विवरणबारेमा जानकारी गराउने र सरकारको आगामी तयारी र योजनाबारे समेत जानकारी गराउने प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले बताए ।
नेकपा ९एमाले० का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली नेतृत्वको सरकारको मंगलबार एक सय दिन पुगेको छ ।