काठमाडौं । सुनको मुल्य दैनिक नयाँ रेकर्ड राखिरहेको छ । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको १८ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय पुगेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर २१३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।































