दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

घोराही । दाङमा टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

घोराही तापा सडक खण्डअन्तर्गत बंगलाचुली गाउँपालिका ४ जुम्लेपानीमा गए राती रा १ ख १८५७ नम्बरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा गढवा गाउँपालिका ७ निवासी प्रभु चौधरी रहनु भएको छ ।