काठमाडौं। गृहमन्त्री रवि लामिछाने र नेपालका लागि स्विडेनका राजदूत जन थेलेफबीच शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा उनीहरुबीच द्विपक्षी हित, ऊर्जा, विपद् व्यवस्थापन,नागरिक उड्डयन, भूमि व्यवस्थापन, स्वरोजगार, व्यवस्थापन, युवाको सीप विकास र सुरक्षालगायतका विषयमा आपसी सहकार्यका विषयमा छलफल भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।
त्यसक्रममा राजदूत थेलेफले नेपाल र स्विडेनको ऐतिहासिक सम्बन्धका आधारमा आपसीहित, द्विपक्षीय सहयोग र नेपालको विकास प्राथमिकताका क्षेत्रमा सहकार्य गर्न स्विडेन सधैँ तयार रहेको बताए ।