जीबी राईको राहदानी रोक्काको प्रक्रिया अघि बढ्यो

काठमाडौं । सहकारी संस्था खडा गरी करोडौं ठगीको आरोप लागेका गितेन्द्रबाबु राई ९जीबी०को राहदानी रोक्का गर्न प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएपछि फरार रहेर विदेशमा लुक्दै आएको भनिएका उनको राहदानी रोक्काका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्षसमेत रहेका जीबी अर्बौं ठगी गरेर भागेको भन्दै प्रहरीले उनलाई नेपाल झिकाउने प्रक्रियाका लागि राहदानी रोक्का अघि बढाएको हो ।