सर्वोच्चद्वारा रिगललाई दिएको आममाफी बदर

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा व्यक्ति हत्या आरोपमा जन्मकैद सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको कैद मिनाह बदर गर्ने निर्णय सुनाएको छ।

सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगल भनिने योगराज ढकाललाई जन्मकैद छुट दिने सरकारको निर्णय बदर गरेको हो।