महाेतरी। गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति परिवर्तन र संविधानको रक्षा गर्नु राष्ट्रिय राजनितिको मुख्य कार्यभार भएको बताएका छन् ।
बलिदानी पुर्ण संघर्षवाट प्राप्त भएको परिवर्तनलाई भडकाउने चलखेल भएको बताउदै गृहमन्त्री श्रेष्ठले नेपाली जन्ताको समृद्धिको लागी संघिय गणतन्त्र जरुरत भएको बताएका हुन् ।
मधेश प्रदेशको सुरक्षा चुनौतिको विषयमा छलफल गर्न महोत्तरी पुगेका गृहमन्त्री श्रेष्ठले धार्मिक स्वतन्त्रतमा समेत खलल पुर्याउने काम भैइरहेको धारणा राख्दै बहुजाती, बहुभाषी, बहुधर्म तथा विविधताविचको अनेकतामा गम्भिर समस्याको बिषयमा सरकारको ध्यानाकर्षण भैइरहेको बताए ।
`धार्मिक मुद्दाहरुमा कहिल्यै द्वन्द्व नभएको मुलुकमा द्वन्द निम्त्याउने केही संकेतहरु देखिएका छन्,´ उनले भने, `त्यसैले एकता, सौहार्दता र सहिष्णुतालाई जोगाउने महत्वपूर्ण मुद्दा बनिरहेको छ ।´ सामाजिक एकता कायम गरेर त्यस्को जगमा राष्ट्रिय एकता बलियो बनाए मात्र मौलिक मूल्य र संस्कृतिको जगेर्ना हुन सक्ने बताउदै गृहमन्त्री श्रेष्ठले सवैजना गम्भीर हुन पनि अनुरोध गरेका छन ।
सामाजिक सद्भाव र सहिष्णुतालाई कमजोर बनाउने दिशातर्फ नलाग्न र विविधताविचको अनेकतामा गम्भीर बन्न उनले आग्रह गरेका छन् ।