Hotel Panchthar Nepco Media

आज माओवादीले तीन महिने अभियानको उद्घाटन गर्दै

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान आजवाट सुरु हुदैँछ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’’ काे भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गर्नेछन् ।

माओवादी केन्द्रिय कार्यालयका अनुसार अध्यक्ष प्रचण्डले बिहान ९ः००  बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी मुख्यालय पेरिसडाँ‍डावाट अध्यक्ष दाहालले साे सम्बाेधन गर्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

सो अघि अध्यक्ष दाहालले चन्द्रागिरी नगरपालिका–२ घट्टेडाँडा पार्कवाट अभियानको उदघाटन सम्बोधन गर्ने कार्यक्रम तय गरिएकाे केन्द्रिय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका थिए ।