Hotel Panchthar Nepco Media

सन्दुक रुइतको अवार्डमा सरकारले कर छुट दिने

काठमाडौं । डा. सन्दुक रुइतले पाएको ‘इसा अवार्ड’ पुरस्कारमा सरकारले कर नलिने भएको छ ।

सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै गृह मन्त्रालयले डा.रुइतले पाउने दश लाख अमेरिकी डलर ९करिब १३ करोड नेपाली रुपैयाँ०मा कर छुट दिने निर्णयबारे बताएको हो ।

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २०१३ देखि हरेक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थालाई प्रदान गर्दै आएको छ।