काठमाडौं। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर असार ८ गते (शुक्रबार) हुने भएको छ।
सभाको मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबार हुनेगरी निर्धारण गरेको जानकारी दिए।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि सम्पूर्ण सदस्यलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहनेगरी १७ समूहमा विभाजन गरिएको बताए।