सानोभर्‍याङ यातायात कार्यालयबाट ८ जना बिचौलिया पक्राउ

अनियमितता नियन्त्रण गर्ने क्रममा प्रहरीले ८ जना बिचौलियालाई पक्राउ

काठमाडौं । सानोभर्‍याङस्थित यातायात व्यवस्था कार्यालयमा अनियमितता नियन्त्रण गर्ने क्रममा प्रहरीले ८ जना बिचौलियालाई पक्राउ गरेको छ।

त्यसै गरी पक्राउ पर्नेमा चन्द्रागिरि घर भएका २३ वर्षीय सुदिप मगर, धादिङका अमन तामाङ, बझाङका उज्ज्वल सिंह र मोरङ घर भएका २६ वर्षीय दिलीप राई धादिङका २० वर्षीय बुद्ध तामाङ, कुलेश्वर घर भएका २५ वर्षीय पासाङ तामाङ, काभ्रेका ३० वर्षीय सुनिल लामा, मकवानपुरका २६ वर्षीय सुमेश नेपाली,रहेका छन् ।

सेवाग्राहीलाई छिटो काम गराइदिने बहानामा अवैध रकम असुल्ने गरेको सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले लाइसेन्स, सवारी दर्ता तथा नवीकरण जस्ता काम सहज बनाइदिने भन्दै सेवाग्राहीबाट अतिरिक्त रकम लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूलाई कार्यालय परिसर र वरपरबाट नियन्त्रणमा लिइएको बताइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, सेवाग्राहीलाई यस्ता बिचौलियाको प्रलोभनमा नपर्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।

सरकारले लामो समयदेखि सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र सहज बनाउन बिचौलिया नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ। पछिल्लो कारबाहीले यस्ता गतिविधि नियन्त्रणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।