दाङ्गमा ड्युटी सकेर हिँडेका प्रहरीको ३ दिनपछि भेटियो लाश

काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान घोराही उपमहानगरपालिका-२ रामपुर निवासी हरि जिसीको तिब्र खोजीको क्रममा ३ दिनदेखि बेपत्ताको शव मृत अवस्थामा फेला परेका छन् ।

हरि ड्यूटी सकेर बिहीबार बिहान स्कुटी चढेर घर हिँडेका थिए । घर नपुगेपछि उनको खोजी गर्दा नभेटिएपछी जिसिको स्कुटी सोही बाटोमा भेटिएको थियो र उनको बारेमा केही कतै पत्ता लागेको थिएन । घरपरिवारमा खोजीकै क्रममा घरडौराको जंगलमा हरी झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनकारी दिएको छ ।

Thulomail

उक्ता स्रोतकाले जनाए अनुसार बिदा माग्दा नपाएपछि उनी तनावमा थिए । उनका बुबाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयूमा राखेर उपचार भइरहेको थियो । जिसीको शवको पोस्टमार्टम भइसकेको छ उनको मृत्युको कारण अझै स्पष्ट छैन ।
र उनको रेकर्डमा मोबाइल खोल्ने प्रयास भइरहेको छ ।