काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफुले पार्टी फुटन बाट मध्यमार्गी धार अपनाएर रोकिएको बताए ।
बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैंचामा आयोजित एक क्रायक्रम भेटघाट तथा छलफल कार्यक्रममा कार्यकर्तालाइ प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै डा. कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताए ।
छलफलमा नेता कोइरालाले कार्यकर्ता लाइ हिजोको दिनमा पार्टीमा भएका कुरालाई स्वीकार गर्दै अब निर्वाचनमा सहभागी हुने बाताए । आफु विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो र पार्टी नफुटोस् भनेर मैले बिचको बाटो लिएको हो
निर्वाचनले मुलुकलाई निकास बिकास दिने यस पटक कांग्रेसलाई जिताउन सबैले एक ढिक्का भएर भूमिका खेल्नुपर्ने बताए ।




























