काठमाडौं । गणतन्त्र पक्षधर विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा सदनमा सशक्त विरोध जनाउने भएका छन्।
सिंहदरबार बुधबार बसेको नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, नेसपालगायत दलहरूको बैठकले बिचौलियाको संरक्षण गर्ने गरी घिसिङलाई बर्खास्त गरिएको भन्दै विरोध जनाउने निर्णय गरेका हुन्।
प्रतिनिधि सभाको बैठक बुधबार आज बस्दैछ।





























