कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको स्रोतले बतायो ।

कार्यकारी निर्देशक घिसिङको यो दोस्रो कार्यकाल हो ।

उनलाई तत्कालीन सरकारले दोस्रो पटकका लागि २५ साउन २०७८ मा उक्त पदमा नियुक्त भएका थिए ।