नवनियुक्त प्रहरीका ३१औं आईजी थापाले पाए दर्ज्यानी चिन्न

काठमाडौं । नेपाल प्रहरीको ३१औं महानिरीक्षक आईजी बनेका दिपक थापाले दज्र्यानी चिन्ह पाएका छन् । नेपाल सरकार मन्त्रीपरिषद बैठकले प्रहरी महानिरीक्षक ९आईजी०मा एआईजी दिपक थापालाई नियुक्त गर्ने निर्णयसँगै थापाले आज दज्र्यानी चिन्ह पाएका हुन् ।

मंगलबार गृह मन्त्रालयमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीबाट दज्र्यानी चिह्न ग्रहण गरेपछि त्यहा आयोजित समारोहलाई सम्बोधन गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक थापाले सेवामा रहँदासम्म सशक्त रुपमा प्रस्तुत हुने बताए ।

प्रहरी महानिरीक्षकको जिम्मेवारी पाउँदा गम्भिर जिम्मेवारीवोध भएको बताउँदै उनले कसैसँग पूर्वाग्रह नराखी निष्पक्ष भएर सेवा गर्ने प्रतिबद्धता जनाए ।