हेटौंडा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बम पक्राउ परेका छन् ।
बमले शनिबार हेटौंडामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनमा सम्बोधनको क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको तस्बिर जलाएका थिए ।
बमलाई चितवनबाट पक्राउ गरि मकवानपुर ल्याउने तयारी भइरहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।





























