ढलभित्र छिरेका युवाको प्रहरीद्वारा उद्धार

काठमाडौं । काठमाडौंको टेकुको ढलभित्र एक युवक छिरेका थिए । ढलभित्र छिरेका युवकलाई प्रहरीले उद्धार गरेको छ।

विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले आइतबार बिहान काठमाडौं महानगरपालिका–२० टेकुस्थित नजिकको ढलभित्र छिरेका युवकको उद्धार गरेको हो।

उद्धारपछि करिब ३० वर्षका ती युवकलाई उपचारको लागि ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौं जनाएको छ ।