काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सुर्खेतमा विरोध भएको छ। प्रधानमन्त्री ओली सुर्खेत पुग्दा सडक खाली गरेर जनातालाई दुख दिएको भन्दै हर्न बजाएर विरोध भएको छ । शुक्रबार नेकपा एमालेको अध्यक्ष समेत रहेका ओली आउँदा सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो ।
गणतन्त्रमा पनि प्रधानमन्त्री आएकै कारण सडक खाली गराउने काम गलत भएको भन्दै ओलीविरुद्ध सवारी चालकहरूले हर्न बजाएर विरोध गरेका हुन् ।





























