काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षदलको बैठक बोलाएाक छन्। बिहान प्रचण्ड निवास खुमलटारमा पदाधिकारीको अनौपचारिक बैठकले विपक्षी दलहरूको बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ ।
सरकारले भूमिसम्बन्धी अध्यादेश बाहेक पाँचवटा अध्यादेश आज दिउँसो बस्ने संसद् बैठकमा निर्णायर्थ पेस गर्ने तयारी गरेको बेला विपक्षी दलको बैठक बस्न लागेको हो । यसअघि बसेको विपक्षी दलको बैठकले सरकार संसद् छलेर अध्यादेशबाट शासन गर्न लागेको निष्कर्ष निकाल्दै संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।




























