मृत भेटिए मधेश भवनभित्र मधेश शहीद प्रतिष्ठानका सदस्य

काठमाडौं । मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला परेका छन् । सदस्य नरेश यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।

बिहान ७ बजे आफ्नै ओछ्यानमा यादव मृत फेला परेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । प्रहरीका अनुसार उनले त्यहाँ बान्ता गरेको भेटिएको छ । मृत्युको कारण भने खुलेको छैन् ।

शव बिहानै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपश्चात उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।