काठमाडौं । भारतको केआईआईटी विश्वविद्यालयमा अध्यानरत छात्रा प्रकृति लम्सालको मृन्युु भएपछि नेपाली विद्यार्थीले भारतीय पक्षबाट असुरसिक्षत भएको बताएका छन् । भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत बुटवल स्थायी घर भएकी छात्रा लम्सालको मृत्यु भएको थियो ।
घटनाबारे सत्यतथ्य छानविन गर्न माग गर्दा भारतीय पक्षबाट दुव्र्यवहार भोगन परेको भन्दै उनीहरुले पुन होस्टेल फर्किएर पढाए जारी राख्नका लागि आठ बुँधे माग राखेका छन् । उनीहरुले न्याय सुनिश्चित गर्न पर्नै घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । प्रहरीले घटनाको अनुसन्धान गर्नपर्ने, होष्टल वार्डेन र विश्वविद्यालयका अधिकारीहरुले प्रहरी आउन अघिनै पीडितको शव आफ्नो कब्जामा लिई प्रक्रिया उल्लंघन गरेकाले उनीहरुमाथि पनि अनुसन्धान गर्न पर्ने, नेपालको राष्ट्रिय छविमाथि हमाला गर्नै शिक्षकहरुलाई निलम्बन गर्न पर्नै, छात्रावासभित्र केही महिला शिक्षकहरूले नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्दै उपहास गरेको व्यवहार पूर्णरूपमा अस्वीकार्य नहुने, सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् ।
विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नु पर्ने माग राखेका छन् । त्यस्तै, कलेज प्रशासनले आफ्नो गल्ती स्वीकार गर्नुपर्ने साथै, कलेजले जारी गरेको प्रेस विज्ञप्ति (विद्यार्थीहरू स्वेच्छाले होस्टल छोडेको दाबी गरिएको) झूटो भएको स्वीकार गर्दै वास्तविकता (विद्यार्थीहरूलाई जबरजस्ती कुटपिट गर्दै बाहिर निकालिएको)लाई सार्वजनिक रूपमा स्वीकार गर्न पर्ने माग राखेका छन् ।
नेपाली छात्रा लम्सालको मृत्युपछि विरोध प्रदर्शन गरेका नेपाली विद्यार्थीहरुलाई छानीछानी आक्रमण गरिएको उनीहरुको गुनासो छ । एक नेपाली विद्यार्थीले भनेका छन्, ‘आज बिहान करिब ८ बजे १०–१२ जना गुण्डा जस्तो देखिने बाउन्सरहरू केपी ८ ए, केपी ८ बी÷सी र केपी २६ मा रहेका नेपाली विद्यार्थीहरूको कोठामा जबरजस्ती प्रवेश गरे । उनीहरूले नेपाली हो ? भनेर सोधे र नेपाली भएको पुष्टि भएपछि निर्ममतापूर्वक कुटपिट गरे ।’
लम्सालको मृत्यु भएको विषय सार्वजनिक भएलगत्तै गम्भीर छानबिन माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन थालेका थिए । त्यसपछि नेपाली विद्याथीमाथि दुव्र्यवहार र आक्रमण भएको थियो ।
भारतीय पक्षले आक्रमण गर्दै भुवनेश्वर, कटक, खुर्दा र मञ्चेश्वर लगायतका रेलवे स्टेसनतर्फ लखेटेको गुनासो नेपाली विद्यार्थीको छ ।
भारतमा नेपाली विद्यार्थीको मृत्यु र आक्रमणका घटनापछि नेपालमा समेत विरोध प्रदर्शन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले घटनामा चासो व्यक्त गर्दै दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुलाई घटनास्थलमा पठाइएको बताएका छन् । काठमाडौंस्थित भारतीय दूतावासले पनि नेपाली विद्यार्थीहरुको सुरक्षाको प्रत्याभूति दिलाउने भन्दै कलेज फर्किन र कक्षा सुरु गर्न भनेको थियो ।
उनीहरुले राखेको आठ बुँधे मागहरु यस्तो छ।
१. न्याय सुनिश्चित गरिनुपर्छ । घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिनुपर्छ ।
२. प्रहरी अनुसन्धान गरिनुपर्छ । होस्टल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लंघन गरेकाले उनीहरूमाथि अनुसन्धान हुनुपर्छ ।
३. पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही हुनुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा पीडितले पटक–पटक पेश गरेका कागजातहरूको विस्तृत अनुसन्धान हुनुपर्छ । ती गुनासोहरू बेवास्ता गर्ने वा नजरअन्दाज गर्ने व्यक्तिहरूलाई जिम्मेवार ठहराई जागिरबाट हटाइनुपर्छ ।
४. नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्छ । छात्रावासभित्र केही महिला शिक्षकहरूले नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्दै उपहास गरेको व्यवहार पूर्णरूपमा अस्वीकार्य छ । यस्तो गैरजिम्मेवार रवैया देखाउने व्यक्ति कुनै शैक्षिक संस्थामा कार्यरत रहन नपाउने व्यवस्था गर्नुपर्छ ।
५. विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ । साथै, उनीहरूले आफ्नो जिम्मेवारी स्वीकार्नुपर्छ र कानुनी कारबाहीको सामना गर्नुपर्छ ।
६. सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्छ । फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि भएको घटनाको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गर्नुपर्नेछ । फुटेजमा विद्यार्थीहरूलाई आक्रमण गरिरहेका देखिएका व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गरिनुका साथै तिनलाई तत्काल जागिरबाट हटाइनुपर्छ ।
७. विद्यार्थीहरूको यातायात खर्च क्षतिपूर्ति गरिनुपर्छ । होस्टलबाट विद्यार्थीहरूलाई अज्ञात स्थानमा लगेर छोडिएको हुँदा उनीहरूले घर फर्किनका लागि गरेको खर्च कलेजले बेहोर्नुपर्छ ।
८. कलेज प्रशासनले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । साथै, कलेजले जारी गरेको प्रेस विज्ञप्ति (विद्यार्थीहरू स्वेच्छाले होस्टल छोडेको दाबी गरिएको) झूटो भएको स्वीकार गर्दै वास्तविकता (विद्यार्थीहरूलाई जबरजस्ती कुटपिट गर्दै बाहिर निकालिएको)लाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ ।

























