काडमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबिच सोमबार ओमनको मस्कटमा भेटवार्ता भएको छ । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री डा.देउवा र इरानी विदेशमन्त्रीबिच भेटावर्ता भएको हो ।
वार्ताका क्रममा नेपाल इरान सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो । साथै त्यस अवसरमा मन्त्री डा.देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइमा कूटनीतिक पहल गरिदिन इरानी विदेशमन्त्रीसँग आग्रह गरेक िहुन् ।
हमासको नियन्त्रणमा रहेका युवा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा. देउवाले केही दिन अघि पनि इरानी विदेशमन्त्री अराघ्चीसँग फोनमा कुराकानी गर्नुभएको थियो । भेटका क्रममा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिए ।
























