बीमा प्राधिकरण अध्यक्षमा ५ जनाको नाम सार्वजनिक

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदकहरुमध्ये पाँच जना संक्षिप्त सूचीमा परेका छन् ।

अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम संक्षिप्त सूचीमा राखेर सार्वजनिक गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै प्राधिकरणमा अध्यक्ष पद रिक्त भएपछि सिफारिस समितिले २६ पुसमा १५ दिनको समयावधि राखेर अध्यक्ष पदमा आवेदन माग गरेको थियो ।