काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
झापाको बुद्ध शान्ति गाउँपालिका–४ घर भई हाल काठमाडौं बस्ने शीतल राई भन्ने सिता देवी राई पक्राउ परेकी हुन् ।
उनलाई शनिबार पक्राउ गरि प्रहरी वृत्त सिंहदरबारले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
यही माघ २ गते स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा पीडितको तर्फबाट बहस गरेर बाहिर निस्किदै गर्दा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा कुटपिट भएको थियो ।
यो घटनामा यसअघि दुई जना पक्राउ परिसकेका छन् । पक्राउ परेकाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाएको छ ।






























