क्यानडामा विमान दुर्घटना

एजेन्सी । क्यानडाको टोरन्टो पियर्सन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ । डेल्टाको एयर लाइन्सको उडान ४४१९ को विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । विमानमा ८० जना सवार थिए ।

चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीन जना गम्भीर घाइते भएको बताइएको छ। घाइतेहरूमा एक बालक र दुई वयस्क पनि रहेका छन्। दुर्घटना भएको विमान अमेरिकाको मिनियापोलिसबाट टोरन्टो गएको हो। अवतरणको समयमा विमानको पखेटामा रहेको फ्ल्यापहरुले काम नगरेपछि विमान पल्टिएको जनाइएको छ ।

एफएएका अनुसार सबै यात्रुहरूलाई विमानबाट बाहिर निकालिएका थिए । क्यानडाकी यातायात मन्त्रीले यो ुगम्भीर घटनाु मा नजर राखेको बताए। डेल्टा एयर लाइन्सका सीईओ डेबोरा फ्लिन्टले कुनै पनि यात्रु गम्भीर घाइते भएको बारेमा आफूलाई थाहा नभएको बताए। जबकि, स्थानीय स्तरमा चिकित्सा सहायतामा संलग्न टोलीले तीन जना गम्भीर घाइते भएको बताएको छ।