सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार नौ सय रुपैयाँले घटेर  २ लाख ६७ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ  । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर आज ३ हजार ४९० सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ५२० सय रुपैयाँमा कारोबार भएको थियो ।