वैदेशिक रोजगारको प्रलोभन देखाएर ठगीको आरोपमा तीन जना पक्राउ

काठमाठौं । वैदेशिक रोजगारमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ घर भई भक्तपुर बालकोट बस्ने प्रितिका बाँस्तोला, चितवन भरतपुर महानगरपालिका–१० ज्ञानदर्शनटोल ठेगाना भएका शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका–४ त्रिचोक ठेगाना भएका सुरज कँडेल रहेका छन् ।

पक्राउ मध्ये प्रितिकाले वैदेशिक रोजगारीमा आर्कशक तवल हुन्छ भन्दै दुबई पठाइ पठाइदिने प्रलोभनमा पारी १ जनाबाट २ लाख, शारदाले युके पठाइदिने भन्दै १ जनाबाट १ लाख र सुरजले युके पठाइदिने भन्दै १ जना पीडितबाट १ लाख लिई ठगी गरेको प्रहरीले जनाएको छ ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्हरीले जनाएको छ ।