इसराइल जान पेस भएका कागजात छानबिन हुने

काठमाडौं । इसराइलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा जानका लागि श्रमिकहरूले पेस गरेको कागजात जाँच हुने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालबाट लैजान लागिएका सहायक कामदारको छनोट प्रक्रियामा पेस गरिएका कागजातको आधिकारिकता जाँच गर्न उच्चस्तरीय छानबिन समिति बनाएको हो।

मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। पछिल्लो पटक इसराइलले नेपालबाट दुई हजार केयर गिभर लैजाने भएपछि वैदेशिक रोजगार विभागले भर्ना प्रक्रिया अगाडि बढाएको थियो।

विभागका अनुसार इसराइल केयरगिभरमा जानका लागि चार हजार २४ जना ९दुई हजार २०९ जना पुरूष र एक हजार ८१५ महिला० ले आवेदन दिएका थिए।

तर भर्ना प्रक्रियामा सहभागी भएका कतिपय कागजात नक्कली भएको कुरा आएपछि विभागले स्वीकृत गरेका कागजातमाथि पनि छानबिन गर्ने निर्णय मन्त्रालयले गरेको हो।