Hotel Panchthar Nepco Media

यूएईमा मृत्युदण्ड सजाय सुनाइएका पहलमान स्वदेश फर्किए

काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई)मा मृत्युदण्ड सुनाइएका धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन् । उनले हत्या गरेको भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन् ।

पहलमान बुधबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । अर्का ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठलाई पनि यूएईमा मृत्युदण्ड सुनाइएको पिथो । भुवन गत बिहीबार नेपाल फर्किएका छन् । उनीहरुले हत्या गरिएका भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन्।

विमानस्थलमा ओर्लदै पहलमानले आफूहरुले हत्या नगरेको भएपनि झुटो आरोपमा फसाइएको बताए । पहलमानले भने, ‘हामी साँझसँगै बसेर रक्सि पिएका थियौं । जुन–जुलाईको समय भएकाले त्यहाँ धेरे गर्मी थियो । बाबुराम धेरै नै रक्सि खाएर रुममा गएको थियो । रुममा गएको ३/४ घण्टापछि आफै मरेको हो । त्यस घटनामा ५ जनालाई पक्राउ गरेको भएपनि अरु ३/४ पहिले नेपाल फर्किएका थिए । हामी दुई जना ६ वर्षपछि ब्लड मनि बुझाएर नेपाल फर्किएका हौं ।’

दुवै जनालाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषि ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।उनलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत अभियान्ताको सहयोगमा नेपाल फर्कन सफल भएका हुन् ।

उनीहरूले नवलपरासीको मध्यबिन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोप छ । युएईको कानुन अनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन् । कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी) भनेर अदालतले पीडित परिवारलाई सोध्छ । दुवै जनाका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरेका थिए ।