गुरुङको नेतृत्वमा एसोसिएसन र मञ्चको संयुक्त प्यानल घोषणा

वैदेशिक रोजगार व्यवसायी संघको चुनाव

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिको आगामी निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले तालमेल गरेर प्यानल घोषणा गरेका छन् ।

नेपाली कांग्रेस निकट संस्था एसोसिएसनले आइतबार घोषणासभा आयोजना गरी भुवनसिंह गुरुङको नेतृत्वमा १७ जनाको उम्मेदवारी घोषणा गरेको हो । यही चैत २९ गते हुने संघको निर्वाचनमा नेपाली काग्रेस निकट लोकतान्त्रिक एसोसिएसन र नेकपा माओवादी केन्द्रनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तालमेल गरेर प्रतिस्पर्धामा गर्ने भएका हुन् । सो प्यानलको अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा.ल.का संचालक भुवनसिंह गुरुङ, प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा.ल.का संचालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रा.ल.का संचालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा.ल.का संचालक हर्कबहादुर लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा.ल.का संचालक महेशकुमार बस्नेतले उम्मेदवारी दिने भएका छन् । त्यस्तै, गणतान्त्रिक मञ्चका महासचिव रहेका आकृति रिक्रुटिङ प्रा.ल.का संचालक कुन्छा दोर्जे डिम्दोङ सचिव र कोषाध्यक्षमा शुभ हारती म्यानपावर प्रा.ल.का संचालक विक्रम श्रेष्ठ उम्मेदवारी दिने तयारीमा रहेका छन् ।

कार्यसमिति सदस्यमा इम्पेरियल ओभरसिज प्रा.लि.की संचालक विद्यालक्ष्मी बज्राचार्य, हिमालयन भ्याली नेपाल प्रा.लि.का संचालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक दीपककुमार राय, रसुवा ओभरसिज प्रा.लि.का संचालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रा.ल.का संचालक सुमनराज पाण्डे, ग्लोबल एचआर हब प्रा.ल.की संचालका गीता राउत र युनिक ओभरसिज प्रा.ल.की संचालका तिलरूपा दाहाल उम्मेदवारी दिने भएका छन् । त्यस्तै, एच.आर. सोलुसन प्रा.ल.का संचालक भरत सापकोटा र रिजा ओभरसिज प्रा.ल.की संचालक रेखा शर्मा, इगल म्यानपावर कन्सल्टेन्ट प्रा.ल.का संचालक कृष्ण ढकालले सदस्यका लागि उम्मेदवार दिएका छन् । २१ सदस्यीय संघको कार्यसमितिमा २ सदस्य मञ्चको सिफारिसमा मनोनयन गर्ने एसोसिएसनसँग लिखित सहमति भएको आयोजकले बताएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसमापति धनराज गुरुङ, सांसद रामहरि खतिवडा, सहमहामन्त्री जीवन परियार, नैनसिंह महर, पूर्वसहरी विकासमन्त्री सीता गुरुङलगायतले सम्बोधन गरेका थिए । एसोसियसनका अध्यक्ष दीपक थापा, संघका पूर्वअध्यक्ष हंसराज वाग्ले, संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ लगायतले एसोसिएसनका उम्मेदवारहरुलाई जिताउन सबै एक जुट भएर लाग्न व्यवसायीहरुलाई अपिल गरेका थिए । त्यसैगरी संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार), पूर्वअध्यक्ष बलबहादुर तामाङ, प्रेमबहादुर कटुवाल, हंशराज वाग्ले, एसोसिएसनका अध्यक्ष दीपक थापा, एसोसिएसनका पूर्वअध्यक्षहरू किरणकिशोर घिमिरे, यमबहादुर केसी, वैदेशिक रोजगार व्यवसायी ललितपुर समाजका अध्यक्ष वरिष्ठ व्यवसायी नवराज केसी, वैदेशिक रोजगार व्यवसायी सामाखुसी एकता समाजका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री, वैदेशिक रोजगार व्यवसायी नेवा समाजका अध्यक्ष किशन प्रधान, वैदेशिक रोजगार व्यवसायी तमुधिंका अध्यक्ष तिर्थबहादुर केसीलगायत जातीय तथा भेगीय संस्थाका प्रतिनिधि र व्यवसायी पृष्ठभूमि भएका नेपाली कांग्रेस महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरू, वरिष्ठ एवं पुराना तथा युवा व्यबसायीहरुको उपस्थिति थियो ।