१० प्रतिशत नगद लाभांश वितरण गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कूल १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको यो प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति दिई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीहरूमा वितरण हुनेछ ।