काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा गर्ने भएको छ ।
कम्पनीले आफ्नो ३६औं साधारण सभा यही भदौ ७ गते शुक्रबार लागि आह्वान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतत नगद लाभांश र ४ प्रतिशत बोनशगरी कुल १४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने भएको छ ।
साथै, सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि छलफल गरी पारित गर्नुका साथै आव आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।