Hotel Panchthar Nepco Media

रोकियो आज सार्वजनिक गर्न लागिएको मौद्रिक नीति

काठमाडौं। आज मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । पुरै तयारी गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आज सार्वजनिक नगर्ने भएको हो ।

केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको आथिक सल्लाहकारमा विहिबार मात्र नियुक्त भएका आर्थिक सल्लाहकार पुर्व अर्थमन्त्री डा। युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि  मौद्रिक नीति केहि दिनका लागि स्थगित गरिएको छ ।

यस अघि गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी थियो ।