त्रिशूलीमा हराएका मध्य २३ जनाको शव भेटियो

काठमाडौं। दुई वटा बस त्रिशूलीमा खस्दा बेपत्ता भएका २३ जनाको शव भेटिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट नदीमा खसेको बसमा सवार २३ जनाको शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

असार २८ मा काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका थिए।

सनाखत भएका  शवहरुको नाम

१, ऋषिपाल शाह, भारत

२, विकाश परियार, चितवन

३, रमित कुमार माझी, सर्लाही

४,  जय प्रकश ठाकुर, भारत

५, सजाद अन्सारी, भारत

६, सुदिप बिक, चितवन

७, प्रमानन्द पण्डित, बारा

८, किशोर कुमार चौधरी, गणपति डिलक्सको चालक ।

९, अशोक कुमार यादव, रौतहट

१०, ऋषिकुमार सिंह, रौतहट

११, विवेक कुमार, भारत

१२, जितेन्द्र राम महरा, सर्लाही

१३, चन्द्र प्रभा कुमारी, पर्सा

१४ अमृता कुमारी, रौतहट ।

९ जनाको सनाखत हुन बाँकी रहेको छ ।