जन्मदिनमा छोरीलाई सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । काभ्रे र‍ोशी गाउँपालिका ११ निवासी हेमलाल श्रेष्ठ ९रुपक० र कविता रुचाल मगर श्रेष्ठले आफ्नी छोरी अपेक्षा श्रेष्ठक‍ो पहिलो जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले छोरीलाई सिटिजन लाइफको १० लाख रुपैयाँका बीमा पोलिसी उपहार दिएका हुन् ।

छोरीको बीमा गर्दा एउटै प्रिमियमले आफ्नो समेत बीमा हुने भएकोले उक्त योजना छनौट गरेको श्रेष्ठले बताए। उनले यो उपहारले भविष्यमा आर्थिक सुरक्षाको ग्यारेन्टी गर्ने र भविष्यमा छोरी उच्चशिक्षा हासिल गर्न, व्यवसाय गर्न,बिहेवारी गर्न समेत सजिलो हुने भएकोले महत्त्वपूर्ण हुने बताए। एजेन्सी म्यानेजर अशोक बुद्ध लामाले यस्तो दीर्घकालीन सोचले भरिएको उपहार दिनु प्रेरणादायी रहेको भन्दै बुबा आमाले छोरीप्रति देखाएको माया, ममता र भविष्य सुरक्षाको योजनाका लागि श्रेष्ठ परिवारलाई बधाई दिए।