कुलमान हटाएको भोलीपल्ट नेप्सेमा गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक उच्च अंकले ओरालो लागेको छ। साताको तेस्रो कारोबार दिन मंगलबार भारी गिरावटसहित बन्द भएको हो।

आज नेप्से सूचक ५५।९० अंकले घटेर २ हजार ५८४।८८ विन्दुमा रोकिएको छ भने कारोबार रकम भने केही बढेको छ। आज कूल १ करोड ११ लाख ५५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब १८ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार हुन सकेको छ।

नेप्से अनुसार आज जम्मा ४ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने २४० वटा कम्पनीको मूल्य घटेको छ।