बालेन–मोदी भेटघाट ‘छोटो र महत्वपूर्ण’ हुनेछ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । नेपाल सरकारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ । समकक्षी नरेन्द्र मोदीसँगको भेटघाट ‘छोटो र महत्वपूर्ण’ पनि हुने नेपाल सरकारको अपेक्षा छ ।

आजको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले भने, ‘राष्ट्र हितमा दुईपक्षीय सम्बन्ध सुधारका लागि महत्वपूर्ण छलफल हुनेछ । राम्रो सम्बन्ध भएको मुलुकका सरकार प्रमुखहरुको भेटघाट छोटो र महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।’

प्रधानमन्त्री बालेनले यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्दैछन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाहले ७ गते समकक्षी मोदीसँग भेटवार्ता गर्ने छन् ।

आजको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । साथै उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिए ।