काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमान्ले ढुंगाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।
प्रहरीका अनुसार २०८३ मंसिर १ गते राति करिब १ बजे सामान्य विवादका क्रममा करिब ४२ वर्षीय मनोज कार्कीले आफ्नी ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीको टाउकोमा ढुंगाको लोहोरोले प्रहार गरेका थिए।
प्रहारबाट गम्भीर घाइते भएकी सानुकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे राति १:१५ बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनामा संलग्न रहेको आरोपमा मनोज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




























