काठमाडौं । नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ ।
अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै केहीबेर अघि ५ जना प्रहरीहरू सादा पोशाकमा नयाँ पत्रिकाको कार्यालयमा पुगेका हुन् ।
नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै कार्यकक्षमा बसिरहेका छन् ।यसअघि आजै नेपाल प्रेसमा कार्यरत विश्वमणी सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।‘५ जना प्रहरी अधिकारीहरू आउनुभएको छ । पक्राउ पुर्जी छैन । संवाददातालाई उपस्थित गराउन भन्नुहुन्छ,’ पन्तले भने ।





























