गायक बेल बहादुर परियारको नयाँ गीत ‘फूल खसिगो, माया बसिगो’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । लोक तथा दोहोरी गायक बेल बहादुर परियारको नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो बर्दिबासमा सार्वजनिक गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटलमा आयोजित कार्यक्रममा गीतको औपचारिक विमोचन गरिएको हो ।
मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा भिडियो विमोचन गरेका थिए । कार्यक्रममा उपस्थित दर्शकलाई भिडियो प्रोजेक्टरमार्फत देखाइएको थियो ।

बेल बहादुर परियार र प्रतिमा अर्यालको स्वर रहेको गीतमा शब्द तथा संगीत परियारकै रहेको छ । गीतको एरेञ्ज, मिक्स र मास्टरिङ राजिव शाहले गरेका छन् । भिडियोमा सन्जिब ठकुरी र सुजाता भट्टराईको अभिनय देख्न सकिन्छ । निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी राजाराम सिंखडा र छायाङ्कन सन्तोष तिमल्सिनाको रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर प्रह्लाद कुमार क्षेत्रीले स्थानीय कलाकारलाई अगाडि बढाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । प्रमुख अतिथि सारदा देवी थापाले गायक परियारको निरन्तर सांगीतिक यात्राको प्रशंसा गरिन् ।

मिडिया पार्टनरका रूपमा ॐकार टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘पञ्चामृत’ रहेको थियो ।
‘फूल खसिगो, माया बसिगो’ म्युजिक भिडियो गायक बेल बहादुर परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतको लिङ्क :