काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले गणतन्त्र र संविधान रक्षाका लागि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। माओवादीको पदाधिकारी बैठकले आधारभूत विचार मिल्ने गणतन्त्र पक्षधरहरूको प्रदर्शन गर्ने निर्णय गरेको हो।
बैठकको मिति भने मंगलबार अपराह्न ४ बजे बस्ने पदाधिकारी बैठकले तय गर्ने सचिव देवेन्द्र पौडेलले बताए ।
उनका अनुसार बैठकमा आइतबार काठमाडौंमा राजावादीहरूले गरेको प्रदर्शनबारे समीक्षा भएको थियो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले माओवादीको अगुवाइमानै गणतन्त्र आएकाले रक्षा गर्ने काम पनि माओवादीकै भएको बताएका थिए।




























