काठमाडौं । नेपाल बीमा प्राधिकरणका नबनियुक्त अध्याक्ष शरद ओझाले पद तथा गोपनियताको सफथ ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझलाई अर्थमन्त्री विष्णुप्रुसाद पौडेले सफथ खुवाएका हुन्
ओझालाई हिजोको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनलाई अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिए ।































