काठमाडौं । नेपाल र भारतबीच ऊर्जा आदान-प्रदानलाई थप प्रभावकारी बनाउन विभिन्न प्रसारण लाइन विस्तार योजनाहरूलाई तीव्रता दिने तयारी भएको छ। हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय प्रसारण लाइन ढल्केबर-मुजफ्फरपुर ४०० केभी भोल्टेजबाट बिजुली आयात-निर्यातको क्षमता ६०० मेगावाटबाट १००० मेगावाट पु¥याउने लक्ष्य राखिएको छ।
त्यसैगरी, नेपाल-भारतबीचको झुलाघाट (नेपाल)-जौलजीबी (भारत) अन्तरदेशीय प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (DPR)गामी मार्चसम्म तयार गर्ने र २०२७ सम्ममा आवश्यक निर्माण सम्पन्न गर्ने निर्णय भएको छ। १०० केभी भोल्टेजको अन्तरदेशीय प्रसारण लाइन इन्चुवा-न्यू पूर्णिया खण्डको निर्माण २०२८/२९ भित्र सम्पन्न गरिनेछ भने दोधारा-काँकडभिट्टा-बरेली प्रसारण लाइन २०२८/२९ सम्म सकिनेछ।
यसैगरी, ढल्केबर-सितामढी ४०० केभी प्रसारण लाइन २०२९ सम्म सम्पन्न गर्ने योजना रहेको छ भने, बुटवल-गोरखपुर ४०० केभी प्रसारण लाइन पनि सोही समयमा सम्पन्न गरिनेछ। निजगढ-बारा, नेपाल-मोतीहारी (भारत) ४०० केभी प्रसारण लाइन २०३२ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने कोहलपुर-लखनउ ४०० केभी प्रसारण लाइन २०३४ सम्म बनाइसक्ने योजना रहेको छ।
संयुक्त उपक्रममार्फत परियोजनाहरूको निर्माण
नेपाल-भारत ऊर्जा सहकार्यलाई थप प्रभावकारी बनाउन कम संख्यामा ७८ को आयोजनालाई नयाँ मोडेलमा निर्माण गर्ने निर्णय गरिएको छ। नेपालतर्फको प्रसारण लाइनका लागि नेपाल विद्युत प्राधिकरण र पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेड बीच संयुक्त उपक्रम कम्पनी गठन गरिनेछ। भारततर्फको प्रसारण लाइन निर्माणका लागि पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेड र नेपाल विद्युत प्राधिकरण बीच संयुक्त उपक्रम कम्पनी बनाइनेछ।
नेपालमा बहुपक्षीय परियोजना निर्माण र व्यवस्थापनका लागि मन्त्रिस्तरीय बैठकमार्फत ठोस निर्णय गरिएको छ, जसले नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास लिइएको छ।































