नवलपरासी । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाँउपालिका ३ बेलासपुरमा स्थानीय दुई समूहबीच झडप भएको छ । मंगलबार बिहानै सुरु भएको स्थानीयबीच भएको झडप नियन्त्रण लिन प्रहरीलाई दुई घण्टा लागेको थियो ।
५ राउन्ड अश्रु ग्यास र ३ राउन्ड हवाइ फायर गरेपछि अहिले प्रहरीको नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । ५ जना सिभिल प्रहरी, १५ जना प्रहरी र ५ जना स्थानीय गरी २० जना घाइते भएका छन्। झडपमा प्रहरीको गाडी, कवाड राखेको पसल पनि जलेका छन्।
सोमबार बेलुकी दुई स्थानीयबीच झगडा भएको थियो। त्यही विषयलाई लिएर आज पुनस् झडप भएपनि यकिन कारण खुलेको छैन् ।






























